वीरगंज । वीरगंजको मुख्य बजार क्षेत्रअन्तर्गत गीता मन्दिर रोडमा आज गरिएको संयुक्त अनुगमनमा चार व्यवसायहरूले स्वच्छता र सञ्चालनका मानक उल्लङ्घन गरेको पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको नेतृत्वमा निरीक्षण टोलीले होटल–रेस्टुरेन्टहरूको स्वच्छता, मूल्य सूची र कानुनी कागजातको जाँच गरेको थियो।
निरीक्षणका क्रममा फूड गार्डेन, लक्ष्मी सेकुवा होटल, नेवा सेकुवा पसल र सोखिन म:म सेन्टरमा आवश्यक मानक पालना नभएको देखिँदा कुल २५ हजार रुपैयाँ जरिवाना लगाइएको छ। टोलीले व्यवसायीहरूलाई सुधारको निर्देशन दिएको र उपभोक्ताको स्वास्थ्य सुरक्षित राख्न अपील गरेको छ।
अनुगमनमा मधुलेश प्रसाद साह, श्रवण कुमार साह, ब्रह्मदेव यादव, अजित भुजेल, मनोज कुमार दास, रामबाबू प्रसाद यादव र पत्रकार अभिलाष गुप्ताको सहभागिता रहेको थियो। टोलीले भविष्यमा पनि यस्ता अनुगमन कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।






