Categories शिक्षा

महावीर पुनको प्रस्ताव: शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गरी सीपमूलक शिक्षामा जोड दिने

Advertisement

वीरगंज । पूर्व शिक्षा मन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। उनले विश्वविद्यालय, विद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरूमा हुँदै आएको राजनीतिक भागबण्डा र राजनीतिकरणको अन्त्य गरी शुद्ध शैक्षिक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

पुनका अनुसार यस्तो सुधारका लागि विश्वविद्यालय ऐन र शिक्षा ऐनमा पूर्ण संशोधन अपरिहार्य रहेको छ। उनले शिक्षा प्रणालीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउँदै गुणस्तरीय र निष्पक्ष वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Advertisement

त्यसैगरी, उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) लाई पूर्ण रूपमा पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सैद्धान्तिक शिक्षाभन्दा बढी सीपमूलक शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्दै उनले व्यवहारिक ज्ञान र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्।

Advertisement

उनका अनुसार यस्ता सुधारात्मक कदमहरूले देशको शिक्षा प्रणालीलाई प्रभावकारी, व्यवहारिक र समयानुकूल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *