Categories समाचार

वीरगन्जको लजमा पासो लगाएर झुण्डिएको अवस्था भारतीय दम्पति मृत फेला

वीरगन्ज । वीरगन्जको नयाँ बसपार्क नजिकको नवदुर्गा लजको कोठाबाट एक भारतीय दम्पति मृत फेला परेका छन्। प्रहरीका अनुसार लजको एउटै छतमा पासो लगाएर झुण्डिएको अवस्थामा उनीहरू भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, मृतक पुरुष बपन पत्रमा (३४, कोलकाता, पश्चिम बंगाल) र उनकी पत्नी नाम नुखले (३०–३२) हुन्। प्रारम्भिक जानकारी अनुसार, दम्पति चैत ४ गते बिहान लजमा बस्न आएका थिए। त्यहि दिन उनीहरू बाहिर गएर बजार घुमेर फिर्ता लजमा आएका थिए।

Advertisement

आइतबार बिहानसम्म पनि कोठाबाट बाहिर नआएपछि लजका कर्मचारीले ढोका खटखटाए, तर भित्रबाट ढोका नखुलेपछि बिहान ११ बजे प्रहरीलाई खबर गरिएको थियो। प्रहरी पुगेपछि चुकुल लगाएको ढोका फोड्दा दम्पति झुण्डिएको अवस्थामा भेटिएका हुन्।

Advertisement

प्रहरीका अनुसार, लजको रजिष्टरमा मृतक पुरुषको नाम मात्र छ, तर महिलाको नाम नदर्ता भएकोले उनको पहिचान खुल्न बाँकी छ। उनीहरू किन वीरगन्ज आएका थिए भन्ने कुरा पनि अहिलेसम्म स्पष्ट छैन। दुवैको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ। प्रहरीले लज सञ्चालक र कर्मचारीहरूसँग सोधपुछ गर्दै अनुसन्धान अघि बढाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *