Categories धर्म/संस्कृति

उदाउँदो सूर्यलाई अर्घ दिएसंगै यस वर्षको चैती छठ समापन

Advertisement

वीरगंज । आज (बुधबार) चैती छठ पर्वको व्रतालुहरुले उदाउँदो सूर्य र छठी मातालाइ अर्घ दिएसंगै यस वर्षको चैती छठ समापन भएको छ ।

व्रतालुहरुले नदि, पोखरी र जलासय पुगी उदाउँदो सूर्य दिएका हुन् । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, आज बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन भएको हो । गत आइतबार देखि विधीवत रुपमा चैती छठ पर्व सुरु भएको  थियो । 

Advertisement

छठ पर्वको प्रसाद छरछिमेक तथा आफन्तलाई दिने चलन छ  । छठ प्रसादमा गहुँ वा चामलको पिठोबाट ठेकुवा , मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल हुन्छ । तराई मधेसवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गर्दछन्  ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *