Categories समाचार

नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने चार जना रौतहटबाट पक्राउ

Advertisement

वीरगंज । रौतहटमा नक्कली सुनलाई सक्कली भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित एक होटलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मंगलबार दिउँसो प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा कोठा नम्बर १०२ मा गरिएको खानतलासीका क्रममा नक्कली सुनका टुक्रा तथा विभिन्न उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उक्त समूहले नक्कली सुनलाई सक्कली भन्दै बिक्री गरेर ठगी गर्ने योजना बनाएको खुलेको छ।

Advertisement

पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर–३ का ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर–१० का ३० वर्षीय अरविन्द चौधरी, रौतहट बौधीमाई–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बङ्गालका ३० वर्षीय संजोक बस्नेत रहेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरूको साथबाट सुनजस्तो देखिने पहेँलो धातु, पोलेर कालो बनाइएका धातुका टुक्रा, दूरबिन र ६ थान मोबाइल बरामद गरिएको छ। पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साथै घटनामा संलग्न अन्य व्यक्तिको खोजी पनि तीव्र पारिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *