Categories समाचार

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई आज शपथ गराइँदै

वीरगंज । राष्ट्रपति रामचन्द्र पौडेल ले आज (बुधबार) प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान ११ः१५ बजे शपथ ग्रहण हुने जनाइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्यका रूपमा रहेका छन्। सो निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद चयन भएका थिए। नेपाली काँग्रेस का नेता केसी समानुपातिक प्रणालीमार्फत संसदमा पुगेका हुन्।

Advertisement

ज्येष्ठ सदस्य केसीले अब यही चैत १२ गते प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यसूची तय गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *