Categories समाचार

पर्सा : हराएका १०२ मोबाइल फेला, धनीलाई जिम्मा

Advertisement

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाको सक्रियतामा हराएका तथा चोरी भएका मोबाइल फोनहरू फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ गिरिजामाई कॉलोनीबाट हराएको मोबाइल क्राइम शाखाको सहयोगमा निवेदक लालबाबु प्रसाद कलवारलाई फिर्ता गरिएको छ।

Advertisement

त्यसैगरी, विभिन्न मिति र समयमा हराएका तथा चोरी भएका कुल १०२ थान मोबाइल फोन फेला पारेर सम्बन्धित मोबाइल धनीहरूलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरीबहादुर बस्नेतले जानकारी दिएका छन्।

Advertisement

प्रहरीले मोबाइल चोरीका घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *