Categories समाचार

बीपीएस प्लस टु कलेजद्वारा कक्षा ११ का विद्यार्थीका लागि प्रेरणामूलक तालिम सम्पन्न

Advertisement

वीरगञ्ज । पर्साको रानिघाट–९ स्थित बीपीएस प्लस टु कलेजद्वारा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि “प्रेरणामूलक तालिम कार्यक्रम २०८२” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, आत्मविश्वास अभिवृद्धि तथा सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

कार्यक्रमका सभापति तथा कलेजका एकेडेमिक डाइरेक्टर दिपक पटेलले विद्यार्थीहरूलाई अनुशासन, निरन्तर मेहनत र समयको सही सदुपयोगमार्फत जीवनमा सफलता हासिल गर्न सकिने बताएका थिए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सोचाइमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

Advertisement

प्रमुख अतिथि नेपाल आर्मीका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) लोकेन्द्र कार्कीले अनुशासन र धैर्यताबाट नै सफल जीवन निर्माण हुने बताउँदै विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहन प्रेरित गरे।

Advertisement

विशिष्ट अतिथि नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेलले आर्थिक सचेतना र जिम्मेवार नागरिक बन्ने विषयमा विद्यार्थीहरूलाई महत्वपूर्ण सुझाव दिएका थिए।

कार्यक्रमका प्रशिक्षक सन्तोष कुमार कर्णले आत्मविश्वास वृद्धि, समय व्यवस्थापन, सकारात्मक सोच तथा लक्ष्य निर्धारणका विविध पक्षमा व्यावहारिक प्रशिक्षण दिएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य निर्देशक राजेन्द्र चौधरीले व्यक्त गरेका थिए भने कलेज तथा कार्यक्रमबारे जानकारी सन्दिप कुशवाहाले गराएका थिए। सो क्रममा कुशवाहाले कलेजले विद्यार्थीको शैक्षिक विकाससँगै व्यक्तित्व विकासमा पनि समान प्राथमिकता दिइरहेको बताए। “हामी विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी उनीहरूको क्षमता पहिचान र विकास गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिरहेका छौं,” उनले भने।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रभात मेहता सहित लालबाबु चौरसिया, अनिल वर्णवाल, हरिन्द्र कुशवाहा, विशेष द्विवेदी, आकाश पटेल, रवि यादव, दिपेन्द्र कानु, दिपक खत्री, शुभम तुत्स्यान, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादव, राजेश्वर पटेल, विरेन्द्र केशरी, लालबाबु सिंह लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन गर्दै सभापति दिपक पटेलले यस्ता प्रेरणादायी कार्यक्रम आगामी दिनमा पनि निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *