Categories समाचार

पर्सामा जेनेरेशन जेड युथ फोर्सको बैठक सम्पन्न, संगठन विस्तारमा जोड

Advertisement

वीरगंज । विशेष साहको नेतृत्वमा जेनेरेशन जेड युथ फोर्स पर्सा को बैठक सम्पन्न भएको छ। बैठकमा पर्सा जिल्लाका विभिन्न वडा तथा पालिकाबाट युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा संगठनलाई सशक्त बनाउने र युवा नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने विषयमा महत्वपूर्ण छलफल गरिएको आयोजकले जनाएको छ।

Advertisement

छलफलका क्रममा टोल, वडा, पालिका, महानगर तथा जिल्ला स्तरमा समिति गठन गर्ने, संगठनमा थप युवाहरूलाई आबद्ध गराउने, भ्रष्टाचारविरुद्ध सक्रिय रूपमा काम गर्ने तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

Advertisement

कार्यक्रममा सहभागी युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकले आगामी दिनहरूमा संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *