Categories समाचार

सरकारको समर्थन गर्दै कलैयामा जेनजी युथ अफ बाराको भव्य बाइक र्‍याली

Advertisement

कलैया । जेनजी युथ अफ बाराले कलैयामा भव्य मोटरसाइकल र्‍याली आयोजना गर्दै भ्रष्टाचारविरुद्ध कडा सन्देश दिएको छ। देशमा भइरहेको भ्रष्टाचारलाई ढाकछोप गर्न विभिन्न चलखेल भइरहेको आरोप लगाउँदै युवाहरूले चेतावनी स्वरूप र्‍याली निकालेका हुन्।

र्‍यालीमा सहभागी युवाहरूले आफूहरू न्यायको पक्षमा दृढ रहेको बताउँदै भ्रष्टाचारीहरूलाई जोगाउन गरिने कुनै पनि गतिविधिको विरोध गर्ने स्पष्ट पारे। उनीहरूले वर्तमान सरकार र सुरक्षाकर्मीलाई ढुक्क भएर भ्रष्टाचारसम्बन्धी फाइल खोल्दै निष्पक्ष अनुसन्धान अघि बढाउन आग्रह गरेका छन्।

Advertisement

कार्यक्रमको मुख्य उद्देश्य देशमा शान्ति, सुशासन र समृद्धि कायम गर्नु रहेको आयोजकले बताएका छन्। युवाहरूले सद्भावपूर्ण रूपमा र्‍याली निकाल्दै सबैलाई सकारात्मक परिवर्तनका लागि एकजुट हुन आह्वान गरेका थिए।

Advertisement

आयोजक अध्यक्ष सौरभ पाण्डेले वर्तमान सरकारको कामप्रति समर्थन जनाउँदै भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रयासलाई साथ दिनुपर्ने बताए। “देशको भलोका लागि सरकार अघि बढिरहेको छ, त्यसैले भ्रष्टाचारीको बचाउमा गरिने कुनै पनि आन्दोलन स्वीकार्य हुँदैन,” उनले भने।

युवाहरूको सक्रिय सहभागितासहित सम्पन्न र्‍यालीले कलैयामा जनचासो समेत बढाएको देखिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *