Categories शिक्षा

एसईई उत्तरपुस्तिका परीक्षण अब परीक्षा केन्द्रमै हुने

Advertisement

वीरगंज । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका जाँच परीक्षा केन्द्रमै गर्ने योजना बनाएको छ। यसरी नतिजा छिटो, एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार एसईई नतिजा छिटो सार्वजनिक गर्न परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिने निर्णय भएको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए अनुसार, शिक्षक नभएका वा असुरक्षित ठाउंमा भने शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरी अर्को सुरक्षित केन्द्रबाट परीक्षण गरिने व्यवस्था गरिएको छ।

Advertisement

अघिल्ला वर्षहरूमा नतिजा गोप्यरूपमा अर्को प्रदेश पठाएर परीक्षण गरिन्थ्यो, तर यसपालि परीक्षा भएको स्थानमै उत्तरपुस्तिका जाँच हुने भएको छ। यसअघि असारको दोस्रो सातामा नतिजा आउने गर्थ्यो, जसले विद्यार्थीमा तनाव र अनावश्यक ब्रीज कोर्स सञ्चालनको समस्या सिर्जना गर्ने गरेको थियो। मन्त्रालयले अब ब्रीज कोर्स सञ्चालनमा रोक लगाइसकेको छ।

Advertisement

एसईई तयारी पूरा, परीक्षा भोलि शुरु
राष्ट्रिय परीक्षा बोर्डका अनुसार, चैत १९ गते बिहीबारदेखि देशभर एसईई परीक्षा सुरु हुने छ। प्रतिनिधिसभा चुनावका कारण पहिलो साता हुनुपर्ने परीक्षा केही ढिलो भएको हो। बोर्डले सबै तयारी पूरा भइसकेको जनाएको छ।

शिक्षा मन्त्री पोखरेलसहित प्रदेश र जिल्लाका अधिकारीहरूको भर्चुअल बैठक पनि सम्पन्न भइसकेको छ। प्रश्नपत्र र उत्तरपुस्तिका सबै केन्द्रमा पुगिसकेका छन् भने केन्द्राध्यक्ष र कर्मचारी, सुरक्षाकर्मी टोली समेत तयारीमा छन्।
यस वर्ष १ हजार ९६६ परीक्षा केन्द्रमा ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी हुँदैछन्। २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन्। जापानको एभरेस्ट स्कुलमा २३ जना विद्यार्थीले पनि परीक्षा दिनेछन्। बोर्डले परीक्षा शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न सबैलाई आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *