वीरगंज । भदौ २३/२४ गते भएको जेनजी आन्दोलनमा वीरगंज महानगरपालिकाको कार्यालयमा भएको लुटपाट, तोडफोड र आगजनीका कारण कार्यालय सञ्चालनमा समस्या देखिएको थियो।
यस कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्व बोध गर्दै नबिल बैंक लिमिटेडले कार्यालयलाई कम्प्युटर १ थान, तीन सिटको स्टिल सोफा १ थान, अफिस कुर्सी र टेबल १/१ थान उपलब्ध गराएको छ। यस सहयोगले कार्यालय सञ्चालनमा मात्र नभई सेवाग्राहीले निरन्तर सेवा पाउने वातावरण सुनिश्चित गर्न योगदान पुर्याएको जनाइएको छ ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बैंकको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भने, “भविष्यमा पनि नबिल बैंक र वीरगंज महानगरपालिकाबीच यस्ता साझेदारी र सहयोगका कार्यक्रमहरू निरन्तर रहोस।”
यस पहलले निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ, जसले नागरिकलाई सुलभ सेवा प्रदान गर्ने कार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।






