Categories समाचार स्वास्थ्य

२५औँ वार्षिकोत्सवमा कुमारी बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

वीरगंज । कुमारी बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ। मधेश प्रदेश अन्तर्गत वीरगंज र जनकपुरमा सम्पन्न उक्त कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ।

वीरगंजमा ५७ जना र जनकपुरमा ३१ जना गरी कुल ८८ जनाले रक्तदान गरेको बैंकका मधेश प्रदेशका सञ्चालक अधिकृत रञ्जित कुमार यादवले जानकारी दिएका छन्। उनका अनुसार, यस्ता कार्यक्रमले आपतकालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Advertisement

बैंकका मधेश प्रदेश प्रमुख अंकित पाण्डेले कुमारी बैंकले वार्षिकोत्सवलाई केवल औपचारिकतामा सीमित नराखी सामाजिक सेवासँग जोड्दै सातै प्रदेशमा रक्तदानसहित विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए। उनले यस किसिमका गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे।

Advertisement

वीरगंजमा आयोजित कार्यक्रममा रक्तसञ्चार केन्द्र पर्साका प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा रहेको प्राविधिक टोलीले आवश्यक सहयोग प्रदान गरेको थियो। कार्यक्रम सफल बनाउन बैंकका कर्मचारी, बीमा क्षेत्रका प्रतिनिधि, तथा विभिन्न संघ संस्थाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समाजप्रति उत्तरदायी बैंकिङ अभ्यासलाई अघि बढाउँदै कुमारी बैंकले आगामी दिनमा पनि यस्ता मानवहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *