Categories समाचार

सामाजिक सञ्जालमा उत्तेजक गतिविधि नगर्न पर्सा प्रहरीको आग्रह

Advertisement

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक सञ्जालमा उत्तेजक तथा समाजिक सद्भाव विथोल्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

पर्सा प्रहरीको आधिकारिक फेसबुक पेजमार्फत जारी सूचनामा कुनै पनि धर्म, समुदाय वा व्यक्तिलाई लक्षित गरी अपवाह फैलाउने, विरोधाभासपूर्ण अभिव्यक्ति लेख्ने, शेयर गर्ने वा पोस्ट नगर्न अनुरोध गरिएको छ।

Advertisement

प्रहरीले यस्तो गतिविधिले समाजमा अशान्ति र द्वन्द्व सिर्जना गर्न सक्ने उल्लेख गर्दै सबैलाई जिम्मेवार र सचेत भएर सामाजिक सञ्जाल प्रयोग गर्न अपिल गरेको छ।

Advertisement

सूचनामा यदि यस्ता गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने स्पष्ट पारिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *