Categories समाचार

वीरगञ्जमा ‘जेन जी पर्सा’ गठन, महादेव कुर्मी संयोजक चयन

Advertisement

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरमा युवाहरूको सक्रिय सहभागितासहित ‘जेन जी पर्सा’ नामक संगठन गठन गरिएको छ। मंगलबार सम्पन्न कार्यक्रममा महादेव प्रसाद कुर्मीलाई संयोजक चयन गर्दै नयाँ नेतृत्व घोषणा गरिएको हो। कार्यक्रममा करिब एक सय जना युवाहरूको उपस्थिति रहेको आयोजकहरूले जनाएका छन्।

कार्यक्रमकै अवसरमा बिरेन्द्र कण्ठको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। नवगठित समितिले युवाहरूलाई सामाजिक गतिविधिमा जोड्ने र नेतृत्व विकासमा सहयोग पुर्‍याउने लक्ष्य राखेको बताइएको छ।

Advertisement

उक्त कार्यक्रममा जेन सहिद असाब आलमका भाइ मुराद आलम तथा हाल उपचाररत घाइते रियाजुल हक मियाँलाई सम्मान गरिएको थियो।

Advertisement

यसैगरी कार्यक्रममा बिशाल पटेल, ग्यानेन्द्र मण्डल, प्रतीक पटेल, शेख मुम्ताज लगायत युवाहरूको उपस्थिति रहेको थियो भने सल्लाहकार समूहमा सुशील पटेल, रणदिप श्रीवास्तव, शेख जम्सेद र विजय पटेल लगायत सहभागी थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *