Categories शिक्षा

शैक्षिक सत्रअघि भर्ना, अग्रिम शुल्कमा रोक र दोहोर्‍याएर भर्ना शुल्क लिँदा कारबाही निर्देशन

Advertisement

वीरगंज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न र अग्रिम शुल्क नलिन स्थानीय तहलाई कडा निर्देशन दिएको छ। मन्त्रालयले प्राप्त विभिन्न गुनासो र उजुरीका आधारमा यस्तो कदम चालिएको जनाएको छ।

मन्त्रालयका अनुसार, केही विद्यालयले शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गराएका र स्वीकृतभन्दा बढी शुल्क असुल गरेको सूचना आएको छ। शिक्षा नियमावली २०५९ को परिच्छेद १५ अनुसार शैक्षिक सत्र सुरु नहुँदासम्म भर्ना गराउन नहुने स्पष्ट व्यवस्था छ।

Advertisement

पत्रमा उल्लेख छ कि नियमविपरीत अग्रिम शुल्क लिइएको, तोकिएको शीर्षकभन्दा फरक शीर्षकमा शुल्क लिइएको, एउटै विद्यार्थीबाट पटक–पटक भर्ना शुल्क असुल गरिएको जस्ता गुनासो आएका छन्।

Advertisement

मन्त्रालयले सर्वोच्च अदालतको आदेशको पालना गर्दै, शैक्षिक सत्र सुरु नहुँदासम्म भर्ना नगर्न, नियमविपरीत शुल्क नलिन, र अग्रिम शुल्क लिइएमा तत्काल फिर्ता गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। साथै, मन्त्रालयले अनुगमन गरी नियम उल्लंघन भए सम्बन्धित विद्यालयमा आवश्यक कारबाही गर्न समेत अनुरोध गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *