Categories समाचार

वीरगंजमा ‘सेल ओ हब बाई निलाम्बरी’ सञ्चालनमा, नगर प्रमुख राजेशमान सिंह द्वारा उद्घाटन

वीरगंज । आज शुक्रबारदेखि “सेल ओ हब बाई निलाम्बरी” नामक नयाँ फेसन स्टोर औपचारिक रूपमा सञ्चालनमा आएको छ। उक्त स्टोरको उद्घाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह ले एक कार्यक्रमबीच सम्पन्न गर्नुभयो।

आदर्शनगर मेनरोडमा रहेको सुरज होटेल सामुन्ने आजदेखि “सस्तो फेसन, निश्चित मूल्य र विश्वासिलो गुणस्तर” भन्ने नारासहित सञ्चालनमा आएको यस स्टोरले किफायती दरमा गुणस्तरीय फेसन सामग्री उपलब्ध गराउने लक्ष्य लिएको सञ्चालकले बताएका छन्।

Advertisement

कार्यक्रमका आयोजकहरू सुशील अग्रवाल, रेनु अग्रवाल तथा समीर अग्रवालले उपस्थित अतिथिहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा ग्राहकलाई विश्वासिलो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।

Advertisement

नयाँ स्टोरले वीरगंजका उपभोक्तालाई एकै स्थानमा किफायती तथा आकर्षक फेसन सामग्री उपलब्ध गराउने विश्वास गरिएको छ। कार्यक्रममा स्थानीय अगुवा, व्यवसायी लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *