Categories समाचार

वीरगंजमा मेगा हेल्थ स्क्रिनिङ क्याम्प सम्पन्न, २०० भन्दा बढीले लिए सेवा

वीरगंज । रोटरी क्लब अफ वीरगंजको आयोजनामा “रोटरी युनाइट फर गुड” अभियान अन्तर्गत आज (शनिबार) मेगा हेल्थ स्क्रिनिङ क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। माइस्थान मन्दिर परिसरमा बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरबाट २ सय भन्दा बढी सेवाग्राहीले लाभ लिएका छन्।

कार्यक्रम रोटरी क्लब अफ वीरगंजसँगै रोटर्याक्ट क्लब अफ वीरगंज, रोटर्याक्ट क्लब अफ शंकराचार्य, इन्टर्याक्ट क्लब अफ ज्ञानदा एकेडेमी तथा इन्टर्याक्ट क्लब अफ कादम्बरी एकेडेमीको सहआयोजनामा सम्पन्न भएको हो।

Advertisement

शिविरमा प्रा. डा. आनन्द कुमार झा, डा. शश्वत प्रसाद, डा. सरोज प्रसाद देव (ओरल तथा म्याक्सिलोफेसियल सर्जरी), डा. अमर केवल (नेत्र विशेषज्ञ), डा. सुनील कुमार पटेल, डा. अमोद श्रेष्ठ तथा डा. श्वेता गुप्ता लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। शिविरमा बालरोग, हाडजोर्नी, आँखा, फिजिसियन लगायत विभिन्न विधाका स्वास्थ्य परीक्षण गरिएको थियो।

Advertisement

कार्यक्रममा रोटरी क्लब अफ वीरगंजका अध्यक्ष राकेश मिश्रा, सचिव दिनदयाल केडिया, पूर्व अध्यक्ष सोहन पोद्दार, रोटर्याक्ट क्लब अफ शंकराचार्यका अध्यक्ष अमित कुमार सर्राफ तथा रोटर्याक्ट क्लब अफ वीरगंजका अध्यक्ष विवेक पटेलसहित अन्य रोटेरियन, रोटर्याक्टर तथा इन्टर्याक्टरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सामाजिक सेवामा सक्रिय रोटरी परिवारद्वारा आयोजित यस्ता कार्यक्रमहरूले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *