Categories समाचार

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंज इकाइमा सौरभको टिम विजयी, वरिष्ठ उपाध्यक्षमा कुश्वाहा

Advertisement

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंज इकाइको निर्वाचनमा सौरव बर्नवाल नेतृत्वको टिम विजयी भएको छ। अध्यक्ष पदमा सौरभ वर्णवाल ७२ मतान्तरले विजयी भएका छन्।

निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा बिकाश कुमार कुशवाहा, उपाध्यक्षमा अजय पटेल, सचिवमा बब्लु चौधरी, सह–सचिवमा सुमित बर्नवाल र गौरव पटेल चयन भएका छन्।

Advertisement

त्यसैगरी कोषाध्यक्षमा दिपेन यादव तथा सह–कोषाध्यक्षमा सिद्धार्थ पाण्डेय निर्वाचित भएका छन्। सदस्यहरूमा सुशान्त सिंह, हिमांशु गुप्ता, जय प्रकाश पटेल, सौरव साह र अभिषेक गुप्ता रहेका छन्।

Advertisement

नवनिर्वाचित कार्यसमितिले संघलाई अझ सशक्त बनाउँदै औषधि तथा बिक्री प्रतिनिधिहरूको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *