Categories खेलकुद

बहुअरी सुपर जाइन्ट्स ९ विकेटले विजयी, गाउँमा क्रिकेटको उत्साह बढ्दै

Advertisement

वीरगंज । वीरगंज- २४ बहुअरीका युवाहरुको पहलले जारी रहेको बहुअरी प्रिमियर लिग सिजन २ अन्तर्गत आइतबार सम्पन्न खेलमा बहुअरी सुपर जाइन्ट्स विजयी भएको छ।

श्री शारदा माध्यमिक विद्यालयको क्रिकेट मैदानमा भएको खेलमा बहुअरी सुपर जाइन्ट्सले बहुअरी ब्लास्टर्सलाई ९ विकेटले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गराएको हो।

Advertisement

बहुअरी ब्लास्टर्सले दिएको ९२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको बहुअरी सुपर जाइन्ट्सले ८.१ ओभरमै १ विकेटको क्षतिमा सहज जित निकालेको हो। टोलीका लागि कप्तान अनिस गिरीले २७ बलमा ५४ रनको उत्कृष्ट पारी खेले भने मनोज सर्राफले १२ बलमा २७ रनको योगदान दिएका थिए। बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्दै सर्राफले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका थिए।

Advertisement

ग्रामीण भेगमा सीमित स्रोत–साधनका बीच युवाहरूले आफ्नै पहलमा आयोजना गरेको यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रति रुचि बढाउनुका साथै प्रतिभा उजागर गर्ने महत्वपूर्ण माध्यम बनेको छ। युवाहरूको सक्रियता र समर्पणले यस्तो कार्यक्रमले गाउँमै सकारात्मक ऊर्जा फैलाउँदै स्वस्थ जीवनशैली र सामूहिक भावनाको विकासमा टेवा पुर्‍याइरहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *