Categories समाचार

वीरगञ्जमा कुटपिटबाट प्रहरीको मृत्यु, चार जना नियन्त्रणमा

Advertisement

वीरगञ्ज । वीरगञ्जमा कुटपिटका क्रममा एक युवकको मृत्यु भएको घटना सार्वजनिक भएको छ। वीरगञ्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडिको एक घरमा भएको झगडाले उग्र रूप लिँदा पर्सा कालिकामाई गाउँपालिका–१ मुडलीका २७ वर्षीय विकास चौरसियाको ज्यान गएको हो।

प्रारम्भिक जानकारीअनुसार उनी नेपाल प्रहरीका कर्मचारीसमेत रहेको बताइएको छ। स्थानीयका अनुसार रौतहट घर भएका एक परिवारले भाडामा लिएको कोठामा सामान्य विवाद सुरु भई पछि कुटपिटमा परिणत भएको थियो। सो क्रममा रड प्रहार हुँदा चौरसिया गम्भीर घाइते भएका थिए र उनको मृत्यु भएको जनाइएको छ।

Advertisement

घटनामा संलग्न तीन पुरुष र एक महिला गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि केही समय क्षेत्र तनावपूर्ण बने पनि सुरक्षाकर्मीको उपस्थितिमा अवस्था सामान्य बनाइएको प्रहरीले जनाएको छ।

Advertisement

उक्त घटनाबारे थप जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरि बहादुर बस्नेतसँग सम्पर्क हुन नसकेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *