वीरगंज । भारतको पडरौना मा आयोजित “निराला शब्द–सम्मान २०२५” तथा पुस्तक विमोचन कार्यक्रममा नेपालका बारा जिल्ला फेटा–३ निवासी साहित्यकार विजय किशोर पाण्डेय लाई “निराला शिखर साहित्य सम्मान” प्रदान गरिएको छ।
उक्त कार्यक्रममा कार्यक्रमका अध्यक्ष डॉ. भदौरिया तथा प्रमुख अतिथि प्रो. डॉ. बैद्यनाथ मिश्र ले पाण्डेयलाई अंगवस्त्र, स्मृति–चिन्ह र पुरस्कारसहित सम्मान गरेका थिए। कार्यक्रम निराला शब्द संवाद मंच द्वारा आयोजना गरिएको थियो।
प्रशस्ति पत्रमा पाण्डेयले हिन्दी भाषा र साहित्यलाई देश विदेशमा प्रचार प्रसार गरी पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको उल्लेख गरिएको छ। साथै, संस्थाले उहाँको दीर्घायु तथा सफल जीवनको कामना समेत गरेको छ।
सम्मान प्राप्त गरेपछि पाण्डेयले आफूलाई यो महत्वपूर्ण सम्मानका लागि छनोट गरेकोमा आयोजक संस्था तथा सम्पूर्ण निर्णायक मण्डलप्रति आभार व्यक्त गरेका छन्।






