Categories समाचार

ट्रकको ठक्करबाट घाइते ट्राफिक प्रहरी निरीक्षक लामाको उपचारका क्रममा मृत्यु

Advertisement

वीरगंज । काठमाडौंमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक अभय लामाको उपचारका क्रममा निधन भएको छ।

आइतबार राति करिब सवा ११ बजे तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा दुर्घटना भएको हो। नेपालटारबाट फुटुङतर्फ मोटरसाइकलमा जाँदै गरेका ३२ वर्षीय लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

Advertisement

गम्भीर घाइते भएका लामालाई तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीएण्डबी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

Advertisement

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत लामा रामेछापका स्थायी बासिन्दा हुन्। उनी हाल तारकेश्वर–७, फुटुङमा बसोबास गर्दै आएका थिए।

प्रहरी सेवामा २०७२ सालमा प्रवेश गरेका उनले खुला प्रतिस्पर्धामार्फत क्रमशः प्रहरी सहायक निरीक्षक र पछि प्रहरी निरीक्षक पदमा नाम निकाल्दै जिम्मेवारी सम्हाल्दै आएका थिए।

दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुर मनहरी–५ का ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *