Categories समाचार

वीरगञ्ज महानगरको चेतावनी: खसी भन्दै बाख्राको मासु बेच्नेहरू कारबाहीमा

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ले आफ्नो क्षेत्रभित्र सञ्चालित मासु पसलहरूलाई उपभोक्ता ठगी रोक्न कडा निर्देशन जारी गरेको छ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार एक सूचना जारी गर्दै केही पसलहरूले बाख्राको मासुलाई खसी–बोकाको मासु भन्दै भ्रामक रूपमा बिक्री वितरण गरिरहेको जनगुनासो प्राप्त भएपछि ध्यानाकर्षण भएको जनाएको हो।

सूचनामा उपभोक्ताको अधिकार संरक्षण, खाद्य स्वच्छता र व्यापारिक आचारसंहिता कायम राख्नु सबै व्यवसायीको दायित्व भएको उल्लेख गरिएको छ। महानगरपालिकाले सम्पूर्ण मासु व्यवसायी तथा विक्रेतालाई मासुको सही पहिचान खुलाएर पारदर्शी रूपमा मात्र बिक्री गर्न निर्देशन दिएको छ।

Advertisement

त्यसैगरी, कुनै पनि प्रकारको गलत सूचना, मिसावट वा भ्रामक गतिविधि नगर्न नगराउन कडाइका साथ सचेत गराइएको छ। महानगरपालिकाले सूचनाको उल्लङ्घन गरी गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *