वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगञ्जमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। शनिबार क्लासिक बेन्क्वेट हलमा सम्पन्न कार्यक्रममा ७ महिलासहित १११ जनाले रक्तदान गरेका छन्।
वीरगञ्ज क्षेत्रमा रगत अभाव भइरहेको अवस्थामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रम रास्वपा पर्साका अध्यक्ष तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्तको विशेष आतिथ्यमा सम्पन्न भएको हो। सो अवसरमा उनले रक्तदानले जीवन बचाउने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गरे।






