Categories समाचार

वीरगञ्ज- २४ मा प्रशिक्षण कार्यक्रमलाई लिएर विवाद

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २४ अन्तर्गत रामगढवा टोलमा सञ्चालन गरिएको एक प्रशिक्षण कार्यक्रमलाई लिएर स्थानीयस्तरमा विवाद उत्पन्न भएको छ। कार्यक्रममा सीमित व्यक्तिहरूलाई मात्र सहभागी गराइएको भन्दै स्थानीयवासीहरूले असन्तुष्टि जनाएका छन्।

स्थानीयवासीहरूको आरोप अनुसार वडा अध्यक्षले आफ्नै घर पछाडिको स्थानमा करिब ५ देखि ७ जना नजिकका व्यक्तिहरूलाई मात्र बोलाएर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमबारे अन्य समुदायका व्यक्तिहरूलाई कुनै जानकारी नदिइएको र सहभागितामा पारदर्शिता नभएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

Advertisement

यसैबीच, केही दिनअघि सोही वडाभित्रका युवा क्रिकेट खेलाडीहरूबीच पनि समान किसिमको असन्तुष्टि देखिएको बताइएको छ। खेलकुदजस्तो साझा क्षेत्रमा समेत समान अवसर नदिएको गुनासो गर्दै स्थानीय युवाहरूले आक्रोश व्यक्त गरेका छन्।

Advertisement

स्थानीयवासीहरूले सार्वजनिक पदमा रहेका जनप्रतिनिधिहरूले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले यस्ता गतिविधिले समुदायमा विभाजन बढ्न सक्ने चेतावनी पनि दिएका छन्।

यस विषयमा वडा नं. २४ का वडा अध्यक्ष विजय पटेलले भने आफू उक्त कार्यक्रममा उद्घाटन सत्रमा मात्र अतिथिका रूपमा सहभागी भएको स्पष्ट पारेका छन्। उहाँले कार्यक्रम आफ्नो वडासँग सम्बन्धित नभएको र प्रदेश सरकारको पहलमा सञ्चालन गरिएको दाबी गर्नुभएको छ।

वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवा, बहुअरी र नयाँ बस्ती मिलेर बनेको वडा हो। तर स्थानीयहरूले कार्यक्रम एउटै टोलका सीमित व्यक्तिमा मात्र केन्द्रित गरिएको भन्दै पारदर्शिता र समावेशितामाथि प्रश्न उठाइरहेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *