Categories समाचार

मधेसमा राति तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

Advertisement

वीरगंज । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मधेस प्रदेशका विभिन्न जिल्लामा आज राति तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार विशेषगरी बारा, पर्सा, रौतहट लगायत आसपासका क्षेत्रमा हावाहुरीको जोखिम उच्च रहने देखिएको छ।

यसअघि दिउँसो लुम्बिनी प्रदेशका केही जिल्लामा प्रभाव देखिने बताइएको भए पनि यसको असर राति मधेसतर्फ सर्ने अनुमान गरिएको छ। तीव्र हावाहुरीसँगै धुलो उड्ने, कमजोर संरचनामा क्षति पुग्ने तथा विद्युत् र यातायात सेवा प्रभावित हुन सक्ने सम्भावना औंल्याइएको छ।

Advertisement

महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै खुला स्थानमा नरहन, कमजोर संरचनाबाट टाढा बस्न तथा सुरक्षित स्थानमा रहन सुझाव दिएको छ। साथै किसान, सवारी चालक र निर्माण क्षेत्रमा संलग्न व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *