Categories समाचार

पर्सा प्रहरीको अपरेसन: खैरो हिरोइन र चरेशसहित तीन जना पक्राउ

Advertisement

वीरगञ्ज । लागुऔषध नियन्त्रण अभियान अन्तर्गत पर्सा प्रहरीले चार जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

हिजो साँझ करिब ५:२० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट चेकपोष्टमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री तथा सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement

चेकजाँचका क्रममा उनीहरूको साथ तथा सवारी साधनमा लुकाइछिपाइ राखिएको अवस्थामा खैरो हिरोइनजस्तो देखिने लागुऔषध र चरेश फेला परेको हो। बरामद लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement

पक्राउ पर्नेहरूमा २६ वर्षीय पैयाल अन्सारी, ३४ वर्षीय संजय साह (दुई अलग–अलग मुद्धामा संलग्न देखिएको), र २१ वर्षीय विशाल यादव रहेका छन्।

उनीहरूबाट ०.१० ग्राम खैरो हिरोइन, ४ ग्राम चरेश तथा अन्य परिमाणमा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार लागुऔषध सेवनकर्ता खोजी तथा सुधार अभियान अन्तर्गत नियमित चेकजाँच तीव्र पारिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *