Categories समाचार

नेत्रज्योति संघ पर्साद्वारा विद्यालयमै पुगेर आँखा उपचार सेवा

Advertisement

वीरगञ्ज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा बुधबार वीरगञ्ज महानगरपालिका वडा नं. ४ स्थित सुन्दर मल कन्या माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयकी प्रधानाध्यापक अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन विद्यार्थीहरूलाई चश्मा तथा परीक्षण पर्चा वितरण गरेर गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षिका तथा कर्मचारीहरूले आँखा परीक्षण सेवा लिएका थिए ।

Advertisement

शिविरमा आँखासम्बन्धी विभिन्न समस्या भएका व्यक्तिहरूको परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ । स्वास्थ्य सेवासँगै आँखाको सुरक्षाबारे सचेतनामूलक जानकारी पनि प्रदान गरिएको थियो ।

Advertisement

कार्यक्रमबाट विद्यार्थी तथा विद्यालय परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयको तर्फबाट नेपाल नेत्रज्योति संघ पर्साप्रति आभार व्यक्त गर्दै कदरपत्रसमेत प्रदान गरिएको थियो ।

नेपाल नेत्रज्योति संघ पर्साका प्रतिनिधि राजन श्रीवास्तवका अनुसार समुदायस्तरमा आँखा स्वास्थ्यसम्बन्धी सेवा पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता निःशुल्क शिविरहरू सञ्चालन हुँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *