Categories समाचार

नक्कली रसिदमार्फत राजश्व हिनामिना आरोपमा वीरगंजका लेखापढी व्यवसायी पक्राउ

Advertisement

वीरगंज । मालपोत कार्यालय पर्सामा नक्कली रसिद प्रयोग गरेर सरकारी राजश्व ठगी गरिएको घटनामा एक लेखापढी व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगंजस्थित ‘शुभ लाभ लेखापढी’का सञ्चालक ओमप्रकाश यादव रहेका छन्।

मालपोत कार्यालय पर्साका प्रमुख खेमराज खत्रीका अनुसार यादवविरुद्ध ४ लाख ७२ हजार रुपैयाँ बराबरको राजश्व हिनामिना गरेको आरोपमा बुधबार कार्यालयमा लिखित उजुरी परेको थियो। उजुरीपछि कार्यालयले आन्तरिक छानबिन अघि बढाएको जनाएको छ।

Advertisement

प्रारम्भिक अनुसन्धानका क्रममा नक्कली रसिद प्रयोग गरी सरकारी राजश्व छली गरिएको पुष्टि भएपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरिएको प्रमुख खत्रीले जानकारी दिए।

Advertisement

मालपोत कार्यालयको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले यादवलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले किर्ते रसिद तयार पारेर सरकारी राजश्व हिनामिना गरेको आरोप लागेको छ।

घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनापछि मालपोत कार्यालय पर्साले सेवाग्राहीलाई आधिकारिक रसिद र स्वीकृत भुक्तानी प्रक्रिया मात्रै प्रयोग गर्न आग्रह गरेको छ। साभार : ज्योति दैनिक

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *