Categories समाचार

सरकारी विज्ञापन नीति विरुद्ध पर्सामा पत्रकार महासंघको हस्ताक्षर अभियान

Advertisement

वीरगञ्ज । सरकारी सूचना तथा विज्ञापन राज्य सञ्चालित सञ्चारमाध्यमलाई मात्र दिने निर्णयको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ । सोही अभियानअन्तर्गत पर्सामा पनि सप्ताहव्यापी हस्ताक्षर संकलन सुरु गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा सुरु भएको अभियानमा पत्रकार तथा सञ्चारकर्मीहरूले सहभागिता जनाउँदै सरकारको निर्णय फिर्ता लिन माग गरेका छन् । महासंघले उक्त निर्णयले निजी सञ्चारमाध्यम कमजोर हुने र प्रेस स्वतन्त्रतामाथि असर पर्ने जनाएको छ ।

Advertisement

महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष अनुप तिवारीलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो । महासंघले संकलित हस्ताक्षर सरकारसमक्ष बुझाइने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *