Categories स्वास्थ्य

सशस्त्र प्रहरीको “सीमावासीसँग कार्यक्रम” अन्तर्गत आँखा शिविर सञ्चालन

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साको आयोजनामा पर्साको श्रीर्सिया क्षेत्रमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

“सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रमअन्तर्गत आयोजित शिविरमा २११ जनाको आँखा परीक्षण गरिएकोमा ३४ जनामा मोतियाबिन्दु समस्या फेला परेको छ। मोतियाबिन्दु देखिएका बिरामीको तिलगंगा आँखा अस्पताल काठमाडौंमार्फत निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।

Advertisement

तिलगंगा आँखा अस्पताल काठमाडौं र सामुदायिक आँखा केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा आवश्यक परामर्श, आइड्रप तथा औषधि वितरण पनि गरिएको थियो।

Advertisement

आयोजकले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका गणपति मोहन बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल बिओपी श्रीर्सियाका प्रहरी निरीक्षक समराज खड्का, मेडिकल संयोजक महेश सिंह धामी, तथा छपकैया क्षेत्रका वरिष्ठ प्रहरी नेत्र राणा लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *