Categories समाचार

वीरगञ्ज कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण

वीरगञ्ज । वीरगञ्ज कपडा बैंकले शुक्रबार वीरगञ्जको घण्टाघरमा नियमित मासिक निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नयाँ तथा पुराना गरी करिब ६ सय थान कपडा विपन्न तथा असहाय व्यक्तिहरूलाई वितरण गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।

Advertisement

बैंकले वीरगञ्ज–८ स्थित कार्यालयबाट हरेक आइतबारदेखि शुक्रबारसम्म निःशुल्क कपडा उपलब्ध गराउँदै आएको जनाएको छ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले “जोसँग धेरै कपडा छ, दिएर जानुस् र आवश्यकतामा रहेकाले निःशुल्क लिएर जानुस्” भन्ने उद्देश्यसहित बैंकले विगत ७ वर्षदेखि सामाजिक सेवा गर्दै आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *