वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सक्रिय सदस्य तथा स्थानीय जनसमुदायको उपस्थितिमा वीरगञ्ज महानगरपालिका–२४, रामगढवामा वडा अधिवेशन सम्पन्न गर्दै वडा अधिवेशन समिति गठन गरिएको छ।
आज शनिबार गठित समितिको सभापतिमा शारदानन्द गुप्ता, उपसभापतिमा जुगुल किशोर प्रसाद तथा सचिवमा विध्यासागर बैठा चयन भएका छन्। यसैगरी अन्य पदाधिकारीसहित ११ सदस्यीय समिति गठन गरिएको जनाइएको छ।
कार्यक्रममा सहभागीहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।







