Categories समाचार

बर्वास्थित ने.रा.प्रा.वि.मा बाल विकासका विद्यार्थीलाई नि:शुल्क स्कुल ब्याग वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–५ बर्वास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत बाल विकास (ECD) तहका साना बालबालिकाहरूलाई नि:शुल्क स्कुल ब्याग वितरण गरिएको छ। बालबालिकाको मनोबल उच्च बनाउने तथा शिक्षाप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका बाल विकास तहका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको थियो। कार्यक्रममा अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रमका संयोजक नेपाली कांग्रेस पर्साका नेता राकेश यादव “मितवा” ले बालबालिकाको उज्ज्वल भविष्यका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण आधार भएकाले यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीमा सकारात्मक ऊर्जा थप्ने बताए। सहभागीहरूले पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *