Categories स्वास्थ्य

स्वास्थ्य बिमा सेवा संकटमा, निजी अस्पतालमा आकस्मिकबाहेक उपचार बन्द

वीरगंज । स्वास्थ्य बिमा बोर्डले बढ्दो वित्तीय दबाबका कारण निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बिमाका अधिकांश सेवा अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । बोर्डले आकस्मिक सेवाबाहेक अन्य सबै बिमा सेवा अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने जनाएको हो ।

बोर्डको जेठ ११ गते बसेको बैठकले उक्त निर्णय गरेको भन्दै जेठ १६ गतेदेखि लागू हुने गरी निजी अस्पताल तथा मेडिकल कलेजहरूमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दिइने नियमित सेवा बन्द गरिने जानकारी सार्वजनिक गरिएको छ ।

Advertisement

बोर्डले जारी गरेको सूचनामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आर्थिक संकट गहिरिँदै गएको उल्लेख गर्दै हाललाई आकस्मिक उपचारबाहेकका सेवा स्थगन गर्नु परेको जनाएको छ ।

Advertisement

यस निर्णयसँगै स्वास्थ्य बिमामार्फत निजी अस्पतालमा उपचार सेवा लिँदै आएका हजारौँ सेवाग्राही प्रत्यक्ष प्रभावित हुने भएका छन् । विशेषगरी नियमित जाँच, औषधि तथा अन्य उपचारका लागि निजी स्वास्थ्य संस्थामा निर्भर रहेका बिरामीलाई समस्या पर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *