Categories समाचार

फलामको रड प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

वीरगञ्ज । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जेठ १४ गते साँझ करिब ७:१० बजे वीरगञ्ज महानगरपालिका–१० बजरंग टोलमा बस्दै आएका रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी आफ्नी ४२ वर्षीया श्रीमती हलसिया कुमारी देवीमाथि फलामको रडले टाउको तथा शरीरका विभिन्न भागमा प्रहार गरेका थिए।

Advertisement

गम्भीर घाइते भएकी देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

घटनापछि फरार रहेका ४५ वर्षीय रामनारायण दास तत्मालाई पर्सा प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको सहयोगमा जेठ १६ गते महोत्तरीको रामगोपालपुर नगरपालिका–७ बाट पक्राउ गरेको हो।

पक्राउ परेका तत्माविरुद्ध कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसुर) मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *