Categories समाचार

खाद्य अनुगमन प्रभावकारी बनाउन उपभोक्ता मञ्चको माग

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले बजार अनुगमन र खाद्य स्वच्छता सुनिश्चित गर्न सम्बन्धित निकायलाई प्रभावकारी भूमिका निर्वाह गर्न माग गरेको छ।

मञ्चले आइतबार जारी गरेको विज्ञप्तिमा उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि नियमित अनुगमन आवश्यक रहेको उल्लेख गरिएको छ। बजारमा गुणस्तरहीन तथा मापदण्डविपरीतका खाद्यवस्तु बिक्री–वितरण भइरहेको गुनासो बढ्दै गएकोप्रति ध्यानाकर्षण गराइएको छ।

Advertisement

विज्ञप्तिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुर र मातहतका निकायलाई अनुगमन कार्यलाई अझ सुदृढ बनाउन आग्रह गरिएको छ।

Advertisement

त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘मोबाइल ल्याब भ्यान’ कार्यक्रमलाई मधेश प्रदेशका सबै जिल्लामा विस्तार गरी निरन्तर सञ्चालन गर्नुपर्ने मागसमेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *