Categories समाचार

उपकार सेवा नेपालद्वारा वृद्धाश्रमलाई मासिक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग

Advertisement

वीरगञ्ज । उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मनस्थिति भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाको उपभोगका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।

संस्थाले चामल ३० किलोका दुई बोरा, पिठो एक बोरा, सोयाबिन एक बोरा, दाल १० किलो, खानेतेल ४ लिटर, नुन ५ किलो, साथै सर्फ, लुगाधुने साबुन, नुहाउने साबुन, धनिया, खुर्सानी लगायतका सामग्री प्रदान गरेको हो।

Advertisement

उक्त सामग्री आश्रमका सदस्यहरू युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई घरमै बोलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको उपकार सेवा नेपालले जनाएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूको उपस्थिति रहेको थियो।

Advertisement

संस्थाले आश्रमलाई प्रत्येक महिना यस्ता खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्दै आइरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *