Categories समाचार

नेपाल नेत्रज्योति संघ पर्साद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा कालिकामाइ गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टीबलुवामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

ग्रामीण क्षेत्रका बासिन्दा तथा विद्यालयका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा आँखासम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

Advertisement

नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रदेव प्रसाद कुर्मी प्रमुख अतिथि तथा कालिकामाइ गाउँपालिका–४ का वडा अध्यक्ष संजय कुमार साह विशिष्ट अतिथि रहेका थिए।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति चौधरीले शरीरका विभिन्न अंगमध्ये आँखा अत्यन्त महत्वपूर्ण अंग भएको उल्लेख गर्दै आँखाको माध्यमबाट नै मानिसले संसार देख्न सक्ने भएकाले संस्थाले आँखा परीक्षणलाई प्राथमिकतामा राख्दै आएको बताए।

कार्यक्रमको समापनका अवसरमा विद्यालयका प्रधानाध्यापक कुर्मीले शिविर आयोजना गरेकोमा नेपाल नेत्रज्योति संघ पर्साप्रति आभार व्यक्त गर्दै आयोजक तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

शिविरमा संघका उपसभापति मदन प्रसाद गुप्ता साह तेली, सचिव सिताराम उपाध्याय, फुल मोहम्मद मियाँ, मधुसूदन उपाध्याय, उमेश गुप्ता, गणेश प्रसाद साहलगायतको उपस्थिति रहेको थियो।

शिविर सञ्चालनमा प्राविधिक सहयोग शिवशंकर प्रसाद, मुकुन्द खत्री र अञ्जली चौधरीले गरेका थिए। उक्त जानकारी कार्यसमिति सदस्य राजन श्रीवास्तवले दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *