Categories स्वास्थ्य

वातावरण प्रदूषण न्यूनीकरणसम्बन्धी बहस तथा पैरवी कार्यक्रम सम्पन्न

Advertisement

वीरगंज । वातावरण प्रदूषण न्यूनीकरणसम्बन्धी बहस तथा पैरवी कार्यक्रम आज (आइतबार) बाराको प्रसौनीस्थित बेगा माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो ।

स्वास्थ्य कार्यालय, बाराको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन उक्त कार्यक्रममा वातावरण प्रदूषणका कारण उत्पन्न हुने स्वास्थ्य समस्या, त्यसको रोकथाम, सरसफाइ प्रवर्द्धन तथा वातावरण संरक्षणका विषयमा बहस र पैरवी गरिएको जनाइएको छ।

Advertisement

बिहान ७ बजे सुरु भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको बताइएको छ ।

Advertisement

स्वस्थ, स्वच्छ र प्रदूषणमुक्त वातावरण निर्माणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय, बाराले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *