वीरगञ्ज । वीरगञ्जका चर्चित फुटबल खेलाडी तथा लोकप्रिय गायक अशोक प्रधानलाई खेलकुद र संगीत क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप “रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार–२०८३” प्रदान गरी सम्मान गरिएको छ।
रिलिफ सोसाइटी अफ कमर्सको ३५औँ स्थापना दिवस तथा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष योगेन्द्र प्रसाद यादव लगायतका पदाधिकारीहरूले प्रधानलाई सम्मान गरेका हुन्।
सम्मान ग्रहणपछि प्रधानले समाजसेवा र विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्दै हौसला प्रदान गर्ने रिलिफ सोसाइटीको कार्य प्रशंसनीय रहेको बताउँदै संस्थाप्रति आभार व्यक्त गरे।







