Categories शिक्षा

ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक सीप, बहुअरीमा रोबोटिक्स तथा प्रविधि तालिम

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २४ को आर्थिक सहयोग तथा एडरोबोटिक्सको प्राविधिक सहकार्यमा सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एकमहिने विज्ञान तथा प्रविधि तालिम श्री शारदा माध्यमिक विद्यालय, बहुअरीमा सञ्चालन गरिएको छ।

सञ्चालित उक्त कार्यक्रमले विद्यार्थीहरूमा विज्ञान, प्रविधि, नवप्रवर्तन र सिर्जनशील सोचको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

Advertisement

विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवाल को अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष विजय पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

Advertisement

कार्यक्रममा वडा सदस्य सीता देवी र सदाम हुसेन, वडा सचिव सतिश श्रीवास्तव, सहायक सचिव सुरज यादव लगायतको उपस्थिति रहेको थियो। तालिममा सिद्धार्थ पटेल, लालबाबु गिरी र दिनेश महतो ले प्रशिक्षण सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन् ।

कार्यक्रममा वक्ताहरूले विज्ञान तथा प्रविधिको युगमा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, अनुसन्धानमुखी सोच र आधुनिक सीपसँग जोड्न यस्ता तालिमहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई गुणस्तरीय तथा समयानुकूल शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीय तह र निजी क्षेत्रबीचको सहकार्यबाट सञ्चालन भएको यो पहललाई शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धितर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।

कार्यक्रमको सञ्चालन शिक्षक यज्ञराज सापकोटा ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *