Categories समाचार

विचाराधीन मुद्दामै अख्तियारको प्रवेश, शक्ति दुरुपयोग भएको घिमिरेको आरोप

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध छोरीको नागरिकता बनाउने विषयमा दर्ता भएको भ्रष्टाचार मुद्दापछि मेयर पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कदममाथि गम्भीर प्रश्न उठाएको छ।

मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले उक्त मुद्दा भ्रष्टाचारसँग नभई नागरिकता विवादसँग सम्बन्धित रहेको दाबी गर्दै नागरिकता बनाउने क्रममा मेयर सिंह सेवाग्राही मात्र रहेको र सेवाग्राहीले अख्तियारको अधिकार दुरुपयोग गर्न नसक्ने बताएका छन्।

Advertisement

उनले सोही विषयमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भई कानुनी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा न्यायालयमा विचाराधीन मुद्दामै अख्तियारले इतिहासमै पहिलो पटक क्षेत्राधिकार नाघेर मुद्दा दर्ता गरेको आरोप लगाए। घिमिरेले नागरिकता सम्बन्धी विषयमा अख्तियारको भूमिका सिफारिसमा सीमित हुने जिकिर गर्दै राज्यशक्तिको दुरुपयोग भएको दाबी गरेका छन्।

Advertisement

साथै उनले अब विदेशी तथा झुटा विवरणका आधारमा लिइएका सबै नागरिकतामाथि पनि समान रूपमा भ्रष्टाचार मुद्दा चलाउन अख्तियार तयार हुनुपर्ने चुनौती दिएका छन्। न्यायिक प्रक्रियामा सहभागी हुने र न्यायालयप्रति पूर्ण विश्वास रहेको समेत उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *