Categories समाचार

वीरगंज–२६ सुगौलीमा सार्वजनिक पोखरी र पैनी पुरी धर्मशाला निर्माण रोक्न अदालतको आदेश

वीरगंज । वीरगंज महानगरपालिका–२६ सुगौलीमा सार्वजनिक पोखरी र पैनी पुरी निर्माणाधीन धर्मशालाको काम तत्काल रोक्न उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। विवादित संरचनामा भइरहेको निर्माण कार्य रोक्दै हालको अवस्था यथास्थितिमा राख्न अदालतले निर्देशन दिएको हो।

उच्च अदालतका न्यायाधीश अस्मिन कुमार राईको इजलासले निषेधाज्ञा सम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै कि.नं. ४२ को जग्गा फिल्डबुकमा पोखरी र कि.नं. १८८ को जग्गा पैनी भनी उल्लेख भएको देखिएको आधारमा दुवै पक्षको दाबी गम्भीर रूपमा अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ। सोही आधारमा अर्को सुनुवाइ नहुन्जेलसम्म उक्त स्थानमा कुनै पनि निर्माण कार्य नगर्न, नगराउन र वर्तमान अवस्था परिवर्तन नगर्न आदेश जारी गरिएको हो।

Advertisement

अदालतले विपक्षीहरूलाई निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने सम्बन्धमा १५ दिनभित्र आधार र प्रमाणसहित लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ। साथै, वीरगंज महानगरपालिकासहितका विपक्षीहरूलाई म्याद सूचना जारी गरी नियमानुसार प्रक्रिया अघि बढाउन आदेश गरिएको छ।

Advertisement

यससँगै सुगौली क्षेत्रमा पैनी र पोखरी पुरी भइरहेको भनिएको धर्मशाला निर्माण कार्य तत्काल रोकिएको छ भने विवादबारे अर्को सुनुवाइका लागि मिति २०८३ असार ८ गते तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *