Categories Uncategorized

बढ्दो गर्मीका कारण वीरगंजका विद्यालय दुई दिन बन्द

वीरगंज । वीरगंज महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शिक्षा महाशाखाद्वारा जारी सूचनाअनुसार बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सञ्चालनमा रहेका सबै विद्यालय (मन्टेश्वरीसमेत) मिति २०८३ असार ११ र १२ गते बन्द रहनेछन्।

Advertisement

महानगरपालिकाले उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने जनाएको छ। बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *