Categories समाचार

ड्युटीमा चालकसँग ‘ह्यान्डसेक’ नगर्न ट्राफिक प्रहरीलाई निर्देशन

Advertisement

वीरगंज । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीका बेला सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात मिलाउने अभ्यास बन्द गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ।

मंगलबार जारी सर्कुलरमा ट्राफिक चेकजाँच तथा अन्य सेवाका क्रममा प्रहरी र सेवाग्राहीबीच हात मिलाएका दृश्यबारे सामाजिक सञ्जाल र सर्वसाधारणबाट विभिन्न किसिमका गुनासा प्राप्त भएको उल्लेख गरिएको छ।

Advertisement

सोही विषयलाई ध्यानमा राख्दै अबदेखि कुनै पनि ट्राफिक प्रहरीले ड्युटीको समयमा चालक वा सेवाग्राहीसँग हात नमिलाउने र सम्मान प्रकट गर्न टाढैबाट नमस्कार गर्ने व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ।

Advertisement

प्रहरी उपरीक्षक नरेशराज सुवेदीको हस्ताक्षरमा जारी उक्त निर्देशन ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग तथा पोस्टहरूमा पठाइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *