Categories स्वास्थ्य

दर्ताबिनै चिकित्सा सेवा दिँदै आएकी महिला पक्राउ

वीरगंज । नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई चिकित्सकको उपाधि प्रयोग गर्दै बिरामीको उपचारमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा काठमाडौँ जिल्ला साविक मातातीर्थ गाविस–७ की ४७ वर्षीया चेतन ए.एम. (पौडेल) रहेकी छन्। उनी चन्द्रागिरी नगरपालिका–८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत थिइन्।

Advertisement

नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनका क्रममा चेतनले नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) प्राप्त नगरी आधुनिक चिकित्सा पद्धतिबाट बिरामीको निदान तथा उपचार गरिरहेको र औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसमेत फेला परेको जनाएको छ।

Advertisement

काउन्सिलले तयार पारेको छानबिन प्रतिवेदनसहितको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीको टोलीले उनलाई चन्द्रागिरी–८ बाट पक्राउ गरेको हो।

प्रहरीले उनलाई अदालतबाट म्याद थप अनुमति लिएर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘इलाज सम्बन्धी कसूर’ मा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *