Categories समाचार

काठमाडौंमा २४ बंगलादेशी नागरिक पक्राउ, अध्यागमन विभाग पठाइयो

वीरगंज । काठमाडौंका विभिन्न क्षेत्रमा पासपोर्ट नभएका तथा पर्यटक भिसाको म्याद सकिएपछि पनि गैरकानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ डल्लु, सितापाइला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई बुधबार नियन्त्रणमा लिएको हो।

Advertisement

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीसँग स्थायी परिचय खुल्ने कागजात तथा पासपोर्ट नभएको र केहीले पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै बसोबास गर्दै आएको पाइएको छ।

Advertisement

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *