Categories समाचार

प्रहरीको असई बनेर १५ लाखभन्दा बढी ठगी गरेको आरोपमा महिला पक्राउ

Advertisement

वीरगंज । आफूलाई नेपाल प्रहरीको असई (सहायक उपनिरीक्षक) भनेर चिनाउँदै सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दीपिका बोहोरा (तामाङ)लाई काठमाडौंको गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो।

Advertisement

प्रहरीका अनुसार बोहोराले असईको बर्दी लगाएर खिचिएका तस्वीर देखाउँदै आफू प्रहरी भएको विश्वास दिलाउने गर्थिन्। त्यसपछि विभिन्न आश्वासन र प्रलोभनमा पारेर पीडितबाट ई–सेवा तथा मोबाइल बैंकिङमार्फत पटक–पटक गरी कुल १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement

अपराध अनुसन्धान कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकी बोहोरालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *